दार्चुलाको गोकुलेश्वरमा ईलाका प्रशासन कार्यालय स्थापना

Tuesday May 5, 2026

पढ्न लाग्ने समय :


दार्चुलाः दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा ईलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।

सोमबार आयोजित एक औपचारिक कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले कार्यालयको उद्घाटन गर्दै यहाँ कार्यालय स्थापना भएसँगै स्थानीय नागरिकलाई सहज हुने बताए। उनले नागरिकलाई सहज होस् भनेर सरकारले ईलाका प्रशासन कार्यालय स्थापना गरेकाले सोहीअनुसार काम गर्न कर्मचारीलाई आग्रह गरे।
प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले गृह मन्त्रालयको परिपत्रअनुसार गोकुलेश्वरमा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको जानकारी दिए। कार्यक्रममा शैल्यशिखर नगरपालिका प्रमुख विजयसिंह धामी, उपप्रमुख शान्ति खडायतलगायतको उपस्थिति रहेको थियो। यसअघि दुर्गम क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीले सेवा लिन महँगो खर्च गर्दै खलङ्गा पुग्नुपर्ने अवस्था थियो।

स्थानीय तह, राजनीतिक दल तथा नागरिकको मागअनुसार सरकारले सेवा सहज बनाउन ईलाका प्रशासन कार्यालय स्थापना गरेको हो। यसबाट शैल्यशिखरसहित अपि हिमाल, नौगाड र मार्मा गाउँपालिकाका नागरिकलाई जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ।


भर्खर

गगन थापालाई मुख्यमन्त्री शाहको प्रश्न : शेरबहादुर देउवालाई टिकटबाट किन वञ्चित गरियो ?

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले ले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद, प्रदेश

सुदूरपश्चिममा सडक सुरक्षा सुधारलाई तीव्रता दिन कार्यशाला

धनगढी : सुदूरपश्चिम प्रदेशमा बढ्दो सडक दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सुधारलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय

सुदूरपश्चिममा काँग्रेस र एमालेको गठबन्धन नटुट्ने

धनगढी : नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तन नहुने बताएको छ। काँग्रेस नेतृत्वको प्रदेश सरकारको