दक्षिण कोरियाको अदालतद्वारा कार्यवाहक राष्ट्रपतिको न्यायाधीश नियुक्ति असंवैधानिक ठहर

Friday February 28, 2025

पढ्न लाग्ने समय :


दक्षिण कोरियाको संवैधानिक अदालतले बिहीवार सर्वसम्मतिले कार्यवाहक राष्ट्रपतिको संवैधानिक अदालतको न्यायाधीश नियुक्ति असंवैधानिक भएको फैसला सुनाएको छ । अदालतले माथिल्लो सदनले अनुमोदन गरेका न्याय उम्मेदवार मा युन–ह्युकको नियुक्ति संविधान अन्तर्गत संसदले दिएको अधिकारको उल्लंघन भएको बताएको छ । राष्ट्रपति युन सुक–योल र प्रधानमन्त्री हान डक–सू दुवैको महाभियोग पछि कार्यवाहक राष्ट्रपति बनेकी अर्थ तथा अर्थमन्त्री चोई साङ–मोकले नियुक्ति अस्वीकार गर्दै नौ सदस्यीय बेन्चमा एक न्यायाधीशको नियुक्ति गर्नुभएको थियो । गत वर्ष डिसेम्बरमा राष्ट्रिय सभाले तीन न्यायाधीशको नियुक्तिको लागि मतदान ग¥यो ।

जसमध्ये दुई जना मुख्य विपक्षी डेमोक्र्याटिक पार्टीले मनोनित गरेका थिए । एक जना सत्तारुढ पिपुल पावर पार्टीले गरेको थियो । तीन न्यायाधीशको नियुक्ति राष्ट्रपतिले औपचारिक रूपमा अनुमोदन गर्नुपर्ने थियो । तर चोईले डेमोक्र्याटिक पार्टीले सिफारिस गरेको मालाई नियुक्ति गर्न अस्वीकार गर्नुभयो ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका