तीन महिनासम्म रुपान्तरण अभियान चलाउँछौँ : उपमहासचिव शर्मा

Saturday August 19, 2023

पढ्न लाग्ने समय :


कमलामाई । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले तीन महिनासम्म ‘माओवादी जनताको साथमा’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्ने भएको छ । पार्टीका उपमहासचिव तथा बागमती प्रदेश इन्चार्ज जनार्दन शर्माले तीन महिनासम्म जिल्लामा अभियान सञ्चालन गर्ने बताए ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले भने, “तीन महिनासम्म जनतासँग सहकार्य गर्ने कार्यक्रम अगाडि बढाउँदैछौँ, त्यसको तयारीस्वरुप पालिका, जिल्ला–जिल्लामा समन्वय, भेटघाट र बैठक हुँदैछ ।”

उपमहासविच शर्माले अभियानअन्तर्गत जनताको साथमा गएर विभिन्न कार्यक्रम गर्ने, देशमा भएका उपलब्धि, यसका लागि गरिएको योगदान, पहलकदमीका बारेमा जनतालाई स्मरण गराउने तयारीका लागि आफू जिल्ला आएको जानकारी गराए ।

उनले समाजवादी यात्राका बारेमा जनतालाई बुझाउने र सरकारले गरेका कामलाई जनतामा स्थापित गर्नेलगायतका गतिविधि गरिने उल्लेख गरे ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको