तीन महिनासम्म रुपान्तरण अभियान चलाउँछौँ : उपमहासचिव शर्मा

Saturday August 19, 2023

पढ्न लाग्ने समय :


कमलामाई । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले तीन महिनासम्म ‘माओवादी जनताको साथमा’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्ने भएको छ । पार्टीका उपमहासचिव तथा बागमती प्रदेश इन्चार्ज जनार्दन शर्माले तीन महिनासम्म जिल्लामा अभियान सञ्चालन गर्ने बताए ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले भने, “तीन महिनासम्म जनतासँग सहकार्य गर्ने कार्यक्रम अगाडि बढाउँदैछौँ, त्यसको तयारीस्वरुप पालिका, जिल्ला–जिल्लामा समन्वय, भेटघाट र बैठक हुँदैछ ।”

उपमहासविच शर्माले अभियानअन्तर्गत जनताको साथमा गएर विभिन्न कार्यक्रम गर्ने, देशमा भएका उपलब्धि, यसका लागि गरिएको योगदान, पहलकदमीका बारेमा जनतालाई स्मरण गराउने तयारीका लागि आफू जिल्ला आएको जानकारी गराए ।

उनले समाजवादी यात्राका बारेमा जनतालाई बुझाउने र सरकारले गरेका कामलाई जनतामा स्थापित गर्नेलगायतका गतिविधि गरिने उल्लेख गरे ।


भर्खर

कैलालीको चिसापानीमा जाल्पादेवी केबलकारको पोल ठड्याउने काम सुरु

कैलालीः आइएमई ग्रुपको लगानीमा सुदूरपश्चिमको कैलाली, चिसापानीमा निर्माणाधीन जाल्पादेवीमा केबलकार जडानको लागि पोल ठड्याउने काम

कञ्चनपुरमा १८ वर्षदेखि फरार जबर्जस्ती करणीका अभियुक्त पक्राउ

कञ्चनपुर : जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर

कञ्चनपुरमा १८ कठ्ठा गहुँ बाली जलेर नष्ट, गुजाराको पिरलो

कञ्चनपुरः खेतमा गहुँ पाकेर काट्ने तयारीमा रहेका कञ्चनपुरको पुनर्वास नगरपालिका–९ का स्थानीय दल बहादुर खाती