तीन ठूला दलले देशलाई बर्बाद बनाएः राजेन्द्र लिङदेन

Tuesday October 29, 2024

पढ्न लाग्ने समय :


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम मतदाताले काँग्रेस, एमाले र माओवादी केन्द्रलाई पराजित गर्नुपर्ने बताउनुभएको छ । तीन वटै ठूला पार्टी भ्रष्ट भएको र उनीहरुले देशलाई बर्बाद बनाएकाले आगामी उपनिर्वाचनमा जनताले उनीहरुलाई पराजित गर्नुपर्ने अध्यक्ष लिङदेनको जिकिर थियो । पार्टीको कीर्तिपुर नगर कमिटीले मंगलवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले ठूला दललाई उपनिर्वाचनमा मत दिएर देशलाई बर्बाद बनाउने काममा आफैँ सहभागी हुने काम कसैले पनि गर्न नहुने बताउनु भयो । अध्यक्ष लिङदेनले रवि लामिछाने नेतृत्वको रास्वपालाई  हावादारी पार्टीको संज्ञा दिँदै सो पार्टीसँग देशलाई अघि बढाउने कुनै योजना नभएको दाबी गर्नुभयो । उहाँले आफ्नो पार्टी मात्रै सुशासनको पक्षधर पार्टी रहेकाले जनताले उपनिर्वाचनमा साथ दिने विश्वास समेत व्यक्त गर्नुभयो ।

अध्यक्ष लिङदेनले भन्नुभयो, ‘यो उपनिर्वाचनमा राप्रपाले नजितेर कसले जित्छ त ? राप्रपालाई भेट नदिएर त्यही काँग्रेसलाई दिने, त्यही एमालेलाई दिने, त्यही माओवादीलाई भोट दिने ? देश यत्रो बर्बाद भयो । अनि यो बर्बादीमा आफैँ सहभागी हुने ? कि अर्को कुनै हावादारी आएर कुनै योजना पनि छैन । उसको फेद के हो, टुप्पो के हो ? केही पनि थाहा छैन । कुनै अनुभव पनि छैन । भोली उसले जित्यो भने के गर्छ ? त्यो पनि थाहा छैन । त्यसै विकल्प भनेर हावामा भोट दिएर फेरी बाँकि समय बर्बाद गर्ने ? देखेको, जानेको पार्टीको हिसावले पनि म फेरि पनि भन्छु–नेपालको राजनीतिमा राप्रपा बाहेक भ्रष्टाचारको विरोधी, सुशासनको पक्षधर पार्टी कुन छ ? भन्नुस् ।’ 

अध्यक्ष लिङदेनले आफ्नो पार्टीले जितेका स्थानीय तहले नमूनायोग्य काम गरेको भन्दै उपनिर्वाचनमा जनताले साथ दिने पनि बताउनु भयो ।


भर्खर

बडीमालिकामा भदौ १ गतेदेखि मेला तथा पूजा, ४५ हजार भक्तजन आउने अनुमान

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिरमा यस वर्ष भदौ १ गतेदेखि मेला तथा

देशभर मनसुनी वायुको प्रभाव, आज पनि भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून

प्रतिनिधिसभा बैठक आज, चार विधेयक प्रस्तुत हुने

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत