ड्युटीमै बिरामी भएका प्रहरी जवानको उपचारकै क्रममा मृत्यु

Sunday July 12, 2026

पढ्न लाग्ने समय :


धनगढी : डोटीको प्रहरी चौकी सानागाउँमा कार्यरत प्रहरी जवान गणेश जोशीको उपचारका क्रममा अत्तरिया अस्पतालमा आज बिहान मृत्यु भएको छ।

डडेल्धुराको जोगबुडा घर भएका जोशी यही महिनाको २७ गते राति ड्युटीका क्रममा अचानक पेट दुखेपछि जिल्ला अस्पताल डोटी लगिएको थियो। अवस्था जटिल भएपछि अत्तरिया अस्पताल रिफर गरिएका उनको उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ।

मृत्युको कारण पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्ने प्रहरीले जनाएको छ। शवको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।