डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

Tuesday March 24, 2026

पढ्न लाग्ने समय :


धनगढी : डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका–६ रौसेल्ला भन्ने ठाउँमा भएको दुर्घटनामा परी आदर्श गाउँपालिका–३ काँडीस्याउलेका करिब २२ वर्षीका सुबोध रोकाया र १९ वर्षीय कैलाश विकको मृत्यु भएको हो।

दुर्घटना राति करिब रााढे १२ बजे भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।

गिरिचौकाबाट काँडीस्याउलेतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००१ च ३९२३ नम्बरको बोलेरो जिप घुम्तीबाट खसेको जिल्ला प्रहरी कार्यालय, डोटीले जानकारी दिएको छ।

मृतक दुवैको शव र दुर्घटनाग्रस्त जिपसँगै सडकबाट करिब ९०० मिटर तल सायली गाडमा खसेको छ। मृतकहरूको शव खोलाबाट सडकमा ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।