डडेल्धुरामा गलत सूचना र अफवाह फैलाइरहेको एमालेको आरोप

Saturday February 21, 2026

पढ्न लाग्ने समय :


डडेल्धुराः नेकपा (एमाले) जिल्ला कमिटी डडेल्धुराले पार्टीविरुद्ध भ्रामक प्रचार भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रेस विज्ञप्ति जारी गर्दै एमालेले लोकतान्त्रिक प्रतिस्पर्धाबाट अत्तालिएका केही राजनीतिक शक्तिहरूले गलत सूचना र अफवाह फैलाइरहेको आरोप लगाएको हो।

विज्ञप्तिमा एमाले लोकतान्त्रिक मूल्य, मान्यता र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय लक्ष्यसहित अघि बढिरहेको जिम्मेवार राजनीतिक शक्ति भएको उल्लेख गरिएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा डडेल्धुराबाट प्रत्यक्षतर्फ उम्मेदवार चक्र स्नेहीसहित पार्टी पङ्क्ति जनताको घरदैलोमा सक्रिय रहेको जनाइएको छ।

एमालेले पार्टीले अन्य दल वा उम्मेदवारलाई सहयोग गर्ने गरी गोप्य सहमति गरेको भन्ने हल्ला पूर्ण रूपमा निराधार र कपोलकल्पित भएको स्पष्ट पारेको छ। यस्ता प्रचार गतिविधिले पार्टीको बढ्दो जनमत र विश्वास कमजोर पार्ने उद्देश्य राखेको दाबी विज्ञप्तिमा गरिएको छ।

पार्टीले लोकतान्त्रिक विधि र स्वच्छ प्रतिस्पर्धामार्फत श्रेष्ठता हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको जनाउँदै डडेल्धुराका मतदाता, शुभेच्छुक, समर्थक तथा कार्यकर्तालाई कुनै भ्रममा नपरी एमालेको चुनाव चिन्ह सूर्यमा मतदान गर्न अपिल गरेको छ।

विज्ञप्तिमा पार्टीका केन्द्रीय सदस्य तथा डडेल्धुरा इन्चार्ज पठानसिंह बोहरा र जिल्ला अध्यक्ष गजेन्द्र शाहीको हस्ताक्षर रहेको छ।

 


भर्खर

सुदूरपश्चिममा मुख्यमन्त्री भट्टले नियुक्त गरे चार मन्त्री

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले मन्त्रिपरिषद् विस्तार गर्दै चार जना मन्त्री तथा राज्यमन्त्री नियुक्त

भूमिगत राजनीतिदेखि सुदूरपश्चिमको मुख्यमन्त्रीसम्म : खगराज भट्टको राजनीतिक यात्रा

लामो राजनीतिक संघर्ष, भूमिगत जीवन, पारिवारिक बलिदान र पटक–पटकको चुनावी प्रतिस्पर्धापछि खगराज भट्ट सुदूरपश्चिम प्रदेशको

खगराज भट्टले लिए सुदूरपश्चिमको मुख्यमन्त्रीको सपथ

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले शुक्रबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ। प्रदेश