डडेल्धुरामा एक टहरामा आगलागी

Saturday July 11, 2026

पढ्न लाग्ने समय :


डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका-१ स्याउलेस्थित एक टहरामा खाना पकाउने क्रममा आगलागी हुँदा करिब तीन लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

शुक्रबार बेलुकी स्थानीय राजबहादुर रावलको काठ र जस्तापाताले बनेको दुईतले, दुई कोठे टहराको भान्सा कोठाबाट आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट नगद, लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न, मोबाइललगायतका सामग्री जलेर करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।