ठकुल्ला नेतृत्वको रास्वपा कैलालीको समितिले पायो वैधता

Monday July 20, 2026

पढ्न लाग्ने समय :


धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० कैलालीको अधिवेशनबाट सभापतिमा कविन्द्र ठकुल्ला नेतृत्वको कार्य समितिलाई वैधता दिइएको छ।

केन्द्रीय निर्वाचन आयोगले अधिवेशन विधिवत रुपले सम्पन्न भएको पाइएको भन्दै ठगुुल्ला नेतृत्वकै समितिलाई वैधता दिने निर्णय गरेको हो।

जिल्ला अधिवेशनलाई सदर गर्दै आधिकारिकता प्रदान गर्ने निर्णय आयोगले गरेको छ। पदाधिकारी र सदस्यको निर्वाचन परिणामलाई यथावत राख्दै सदर गर्ने निर्णयमा उल्लेख गरिएको छ।

गत २४ जेठमा सम्पन्न रास्वपा कैलालीको अधिवेशनबाट निर्वाचित कार्य समितिविरुद्ध उजुरी परेपछि आयोगले तत्काल वैधता दिन अस्वीकार गरेको थियो। सभापति ठकुल्लाले केन्द्रले गरेको निर्णयको स्वागत गरेका छन्।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।