ट्राफिक नियम पालना गर्ने चालकलाई नेपाल प्रहरीद्वारा सम्मान

Sunday February 1, 2026

पढ्न लाग्ने समय :


धनगढी : नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, अत्तरिया कैलालीले ट्राफिक नियमको पालना गर्दै अनुशासित र जिम्मेवार रूपमा सार्वजनिक सवारी सञ्चालन गर्दै आएका चालक अत्तर बहादुर बिष्टलाई प्रशंसा–पत्र प्रदान गरेको छ।

सडक सुरक्षा प्रवर्द्धन तथा सवारी दुर्घटना न्यूनीकरणमा पुर्‍याएको योगदानको कदर गर्दै आयोजित कार्यक्रममा उक्त प्रशंसा–पत्र प्रदान गरिएको हो। लामो समयदेखि ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन र यात्रु सुरक्षामा देखाएको जिम्मेवारीलाई उदाहरणीय मान्दै नेपाल प्रहरीले सम्मान गरेको जनाएको छ।

कार्यक्रममा बोल्दै सम्बन्धित अधिकारीहरूले जिम्मेवार चालकहरूको सक्रियताले सडक दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। साथै यस्ता सम्मानले अन्य चालकहरूलाई पनि ट्राफिक नियम पालना गर्न सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे।


भर्खर

सुदूरपश्चिममा बजेट अधिवेशन आरम्भ

धनगढीः सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन प्रारम्भ भएको छ। आठौँ अधिवेशनको पहिलो बैठकले ‘सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य

देशका अधिकांश क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ : हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ