टीकापुरका प्रवासी युवाहरुले गरे स्वास्थ्य चौकीलाई मर्चरी च्याम्बर हस्तान्तरण

Tuesday February 17, 2026

पढ्न लाग्ने समय :


टीकापुर : कैलालीको टीकापुर नगरपालिका–८ बाट रोजगारीका लागि प्रदेशमा रहेका युवाहरूले धनसिंहपुर स्वास्थ्य चौकीलाई दुईवटा लास राख्ने भाँडो (मर्चरी च्याम्बर) उपलब्ध गराएका छन्।

कर्णाली नदीको बाढीबाट प्रभावित हुने यस वडाका हरेकजसो घरबाट युवाहरू रोजगारीका लागि विदेशमा छन्। घरमा कसैको मृत्यु भएमा दाह संस्कार गर्ने युवा परदेशबाट आउन समय लाग्ने भएकाले त्यतिन्जेल लास कुरेर बस्दा अप्ठ्यारो झेलेका नागरिक मर्चरी च्याम्बर पाएपछि धेरै खुशी भएका हुन्।

स्थानीय समाजसेवी पदमराज जोशीले मानिस मरेपछि एकातिर परिवारको रोदन, क्रन्दन, अर्कोतिर लास कुर्दै आइस खोज्नुपर्ने जस्ता सम्हाल्नै गाह्रो अवस्थाबाट मुक्त भएको बताए। यस अघि यहाँ मानिस मरेपछि कुर्नुपर्दा खाल्डो खनेर केराका थामहरू बिछाएर माथिबाट आइसका डल्ला राखेर लास सडनबाट जोगाउने गरेको अर्का स्थानीय टीकाराम चौधरीले बताए।
प्रवासी युवा दिपक विकले स्थानीय युवाहरूले सहयोग जुटाएर दुईवटा मर्चरी च्याम्बर, एकथान डिस्प्ले बोर्ड र एक थान प्रोजेक्टर खरिद गरेर स्वास्थ्य चौकीलाई उपलब्ध गराइएकाले यसलाई सबैले सहज रुपमा उपयोग गर्ने व्यवस्था गर्न सुझाव दिए। च्याम्बर विद्युत सेवा भएको घरैमा लगेर लास सुरक्षित रुपमा राख्न सकिनेछ। यहाँका ४४ जना प्रदेशी युवाहरूबाट सङ्कलन भएको चार लाख २५ हजार रूपियाँबाट सामानहरु खरिद गरिएका र १९ हजार रुपियाँ बचत रहेको गोविन्द चौधरीले बताए।

विभिन्न देशमा बसोबास गर्ने युवाले पाँच वर्ष अघि स्थापना गरेको धनसिहपुर प्रवासी युवा समितिले २०७८ सालमा स्वास्थ्य चौकीलाई एम्बुलेन्स उपलब्ध गराएको थियो। टीकापुर अस्पतालबाट १६ किलोमिटर टाढाको धनसिंहपुर स्वास्थ्य चौकीमा रहेको सो एम्बुलेन्सबाट हालसम्म ४६८ जनाले सेवा लिइसकेका स्वास्थ्य चौकी प्रमुख यमबहादुर शाहले बताए।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।