जेन–जी आन्दोलनको क्रममा लुटिएका प्रहरीका ८ सय भन्दा बढी हतियार अझै गायब

Thursday October 9, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
जेन–जी आन्दोलनको क्रममा लुटिएका मध्य नेपाल प्रहरीका ८ सय भन्दा बढी हतियार अझै गायब छन् ।
२३ र २४ भदौमा देशभर भएको जेन–जीको प्रदर्शनको क्रममा प्रहरीका साना ठूला गरी ११ सय भन्दा बढी हतियार लुटपाट भएको थियो । प्रहरी कार्यालय तोडफोड र आगजनी गर्दै हतियार लुटेर लगेको तस्बिर, भिडिओमा समेत देखिन्थ्यो । तीमध्ये तीन सयभन्दा बढी हतियार फिर्ता तथा सुरक्षा निकायले बरामद गरेका छन् ।

तर अझै ८ सय भन्दा बढी हतियार गायब रहेको प्रहरी प्रधान कार्यालयका अधिकृतहरु बताउँछन् । हतियार खोज्नका लागि समिति नै बनाएर अहिले काम भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताउनु भयो ।

प्रहरीका हतियार अहिलेसम्म गायब हुँदा सुरक्षा चुनौती बढ्दो छ भने यता सुरक्षाकर्मी भने हतियारविहीन हुनुपर्ने अवस्था छ ।लुटिएकामध्ये केही हतियार नेपाली सेनाले बरामद गरेको थियो । केही हतियार तथा पेस्तोलसहित प्रहरीले केही व्यक्तिलाई पक्राउ पनि गरेको थियो । तर अझै ठूलो संख्यामा हतियार गायब रहेको पाइएको छ ।
प्रदर्शनको क्रममा प्रहरीका हतियार नै बोकेर आन्दोलनकारी हिँडेका थिए । प्रहरीलाई आत्मसमर्पण गर्न लगाउनेदेखि बर्दी र हतियार फुकाल्न लगाउनेसम्मका काम भएका थिए । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुई र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत एक गरी तीन प्रहरीले आन्दोलनमा ज्यान समेत गुमाएका थिए । केहीले भने भागेर र आत्मसर्पण गरेर ज्यान बचाएका थिए ।


भर्खर

तीन वटा थप अध्यादेश जारी

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार एकसाथ तीन वटा अध्यादेश जारी गरेका छन। नेपाल सरकार

बैतडीको पञ्चेश्वरका सुकुम्बासीलाई लालपूर्जा वितरणको तयारी

बैतडी :  बैतडीको पञ्चेश्वर गाउँपालिकामा भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने तयारी अघि बढाइएको छ ।

धनगढीमा गाँजासहित पाँच जना पक्राउ

धनगढी : कैलालीको धनगढीबाट गाँजासहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर