जेनजी प्रदर्शनकारीहरूद्वारा सिंहदरबारभित्रै तोडफोड । मन्त्रीहरुलाई सुरक्षित स्थानमा सारिँदै

Tuesday September 9, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, भदौ २४ गते ।

जेनजी प्रदर्शनकारीहरू सिंहदरबारभित्रै तोेडफोड गरेका छन् । मंगलबार बिहानैदेखि आक्रामक प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरू केहीबेरअघि सिंहदरबार छिरेका हुन् । प्रदर्शनकारीहरुले मुलद्वार तोडेर भित्र प्रवेश गरेका हुन् ।

सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरूले मंगलबार बिहानैदेखि देशभरी आक्रामक आन्दोलन जारी राखेका छन् । संघीय राजधानी काठमाडौं लगायत देशका सबै सात प्रदेश राजधानी तथा विभिन्न ठूला साना शहरहरूमा उग्र प्रदर्शन भइरहेको छ ।

मंगलबार प्रदर्शनकारीहरुले राजनीतिक दलका पार्टी कार्यालय, शीर्ष नेताहरुका घर, मन्त्रालय, मन्त्रीहरुका निवास, सरकारी कार्यालय, सुरक्षा निकायका कार्यालयमा तोडफोड, ढुंगामुढा तथा आगजनी गरिरहेका छन् ।

यसैबीच, देशका मन्त्रीहरूलाई सेनाको हेलिकोप्टरबाट सुरक्षित स्थानमा लगिने क्रम जारी रहेको बताइएको छ ।

तस्वीर, फेसबुक


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका