जेनजी प्रदर्शनकारीहरूद्वारा सिंहदरबारभित्रै तोडफोड । मन्त्रीहरुलाई सुरक्षित स्थानमा सारिँदै
पढ्न लाग्ने समय :
न्युज नेपाल समाचार
धनगढी, भदौ २४ गते ।
जेनजी प्रदर्शनकारीहरू सिंहदरबारभित्रै तोेडफोड गरेका छन् । मंगलबार बिहानैदेखि आक्रामक प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरू केहीबेरअघि सिंहदरबार छिरेका हुन् । प्रदर्शनकारीहरुले मुलद्वार तोडेर भित्र प्रवेश गरेका हुन् ।
सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरूले मंगलबार बिहानैदेखि देशभरी आक्रामक आन्दोलन जारी राखेका छन् । संघीय राजधानी काठमाडौं लगायत देशका सबै सात प्रदेश राजधानी तथा विभिन्न ठूला साना शहरहरूमा उग्र प्रदर्शन भइरहेको छ ।

मंगलबार प्रदर्शनकारीहरुले राजनीतिक दलका पार्टी कार्यालय, शीर्ष नेताहरुका घर, मन्त्रालय, मन्त्रीहरुका निवास, सरकारी कार्यालय, सुरक्षा निकायका कार्यालयमा तोडफोड, ढुंगामुढा तथा आगजनी गरिरहेका छन् ।
यसैबीच, देशका मन्त्रीहरूलाई सेनाको हेलिकोप्टरबाट सुरक्षित स्थानमा लगिने क्रम जारी रहेको बताइएको छ ।
तस्वीर, फेसबुक