जेनजीको आन्दोलनमा मृत्यु हुनेको संख्या दुई पुग्यो

Monday September 8, 2025

पढ्न लाग्ने समय :


काठमाडौं । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले थालेको आन्दोलनले हिंसात्मक स्वरुप लिएको छ । अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ । प्रहरीको गोली लागेर राजधानीको निजामती अस्पतालमा एक जनाको मृत्यु भएको छ । अहिलेसम्म करिब एक सय भन्दा बढी घाइतेहरुको त्यहाँ उपचार भइरहेको छ ।

प्रहरीको गोली लागेर घाइतेभएपछि प्रदर्शनकारीहरुले काठमाडौंको बानेश्वर क्षेत्रमा अत्यधिक बल प्रयोग गरेको छ । प्रहरीले अन्धाधुन्ध अश्रु ग्यास प्रहार गरेको छ । प्रहरीले दमन गर्न थालेपछि बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । प्रदर्शन अनियन्त्रित भएपछि काठमाडौंमा कफ्र्यू आदेश जारी भएको छ । मध्यान्ह १२ बजेटबाट राती १० बजेसम्मका लागि बानेश्वर क्षेत्र, सिंहदरबार, राष्ट्रपति निवास वरपर कफ्र्यू लगाइएको छ । तर कफ्र्यू आदेश अवज्ञा गर्दै युवाहरूले अहिले पनि प्रदर्शन जारी राखेका छन् । त्यसपछि प्रहरीले आन्दोलकारीमाथि दमन सुरु गरेको छ ।


भर्खर

कञ्चनपुरमा १८ वर्षदेखि फरार जबर्जस्ती करणीका अभियुक्त पक्राउ

कञ्चनपुर : जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर

कञ्चनपुरमा १८ कठ्ठा गहुँ बाली जलेर नष्ट, गुजाराको पिरलो

कञ्चनपुरः खेतमा गहुँ पाकेर काट्ने तयारीमा रहेका कञ्चनपुरको पुनर्वास नगरपालिका–९ का स्थानीय दल बहादुर खाती

धनगढीका १० सामुदायिक विद्यालयलाई उपमहानगरको सम्मान

धनगढीः धनगढी उपमहानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नजिता हासिल गर्ने सामुदायिक विद्यालयलाई सम्मान