जेनजनी भन्दै कुटपिटपछि आत्महत्या घटना : चार जना प्रहरीको नियन्त्रणमा

Sunday September 14, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, भदौ २९ गते । कञ्चनपुरमा एक युवकले आफूलाई जेनजी भनेर कुटपिट गरिएको भन्दै आत्महत्या गर्नुअघि नाम लिएका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहरा अनुसार पक्राउ पर्नेमा खेम बोहरा, अमर बोहरा, जनक धानुक र भोजराज पन्त रहेका छन् । उनीहरुरुमाथि आत्महत्या दुरूत्साहनको अभियोगमा मुद्दा चलाउने गरी अनुसन्धान भइरहेको डीएसपी बोहराले जानकारी दिए ।
शनिबार कञ्चनपुरको वेदकोट नगरपालिका–४, का २५ वर्षीय नरेश धानुकले सामाजिक सञ्जालमा लाइभ गर्दै प्राण त्यागेका थिए । आत्महत्या गर्नुअघि उनले आफूलाई जेनजी भन्दै नांगै पारेर कुटपिट गरिएको दाबी गरेका थिए । उनले केही व्यक्तिको नाम लिँदै उनीहरुका कारण आफूले आत्महत्या गर्न बाध्य भएको बताएका थिए । उनले सामाजिक सञ्जाल लाइभमा भनेका थिए– मलाई सोसल अत्याचार भयो । म मर्दै छु । सोसल अत्याचारकै कारणले म फाँसी दिन गइरहेको छु ।

मृतककी दिदी हिरा धानुक रावलले पनि शनिबार राति साढे १० बजेतिर जेनजी भन्दै रक्सी पिलाएर कुटपिट गर्दै आत्महत्या गर्न बाध्य बनाइएको दाबी गरिन् । ‘सुरुमा दारु पिलाएका रहेछन् । त्यसपछि नांगो बनाएर कुटपिट गरेछन् । त्यसरी अपमानपछि उसलाई घरमा गएर आत्महत्या गर्न बाध्य पारियो’ हिराले भनिन्– मर्ने थिइन, मलाई मर्न बाध्य बनायो भनेर उनीहरूको नाम लिएको छ । पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा ४ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।


भर्खर

सुदूरपश्चिममा मुख्यमन्त्री भट्टले नियुक्त गरे चार मन्त्री

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले मन्त्रिपरिषद् विस्तार गर्दै चार जना मन्त्री तथा राज्यमन्त्री नियुक्त

भूमिगत राजनीतिदेखि सुदूरपश्चिमको मुख्यमन्त्रीसम्म : खगराज भट्टको राजनीतिक यात्रा

लामो राजनीतिक संघर्ष, भूमिगत जीवन, पारिवारिक बलिदान र पटक–पटकको चुनावी प्रतिस्पर्धापछि खगराज भट्ट सुदूरपश्चिम प्रदेशको

खगराज भट्टले लिए सुदूरपश्चिमको मुख्यमन्त्रीको सपथ

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले शुक्रबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ। प्रदेश