जुवातास खेलिरहेका ९ जना पक्राउ

Monday July 20, 2026

पढ्न लाग्ने समय :


धनगढी: बझाङको जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित प्रकाश बिकको घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार दिउँसो जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले ३२ वर्षीय प्रकाश बिकसहित ९ जनालाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरूको साथबाट नगद ५३ हजार ९९० रुपैयाँ, खुला तास ९ गड्डी तथा नखोलेको तास १ बण्डल बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बझाङले आवश्यक अनुसन्धान गरिरहेको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।