जनतालाई कम भन्दा कम पीडाको अनुभुति हुने स्थिति बनाउन माओवादीको ध्यानाकर्षण

Sunday October 6, 2024

पढ्न लाग्ने समय :


नेकपा (माओवादी केन्द्र) ले जनतालाई कम भन्दा कम पीडाको अनुभुति हुने स्थिति बनाउने गरी काम गर्न सरकाको ध्यानाकर्षण गराएको छ । आईतवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारमा भेटेर माओवादी केन्द्रले सरकारलाई ध्यानाकर्षण गराएको हो । विपद् पीडितको उद्धार, राहत र पुनःस्थापनाको कामलाई तिब्रताका साथ अघि बढाउन पनि माओवादी केन्द्रले ध्यानाकर्षण गराएको छ । ध्यानाकर्षण गराउने क्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विकास नीतिहरु बनाउँदा गम्भीर हुनुपर्ने बताउनु भयो । उहाँले राज्यको सुशासनको कमी र पहुँचवाला जबरजस्तीका कारण पनि जोखिम बढ्दै गएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रोमा पनि र बाहिर पनि अहिलेको प्रकृति प्रकोप जस्तो देखिने तर शुद्ध प्राकृतिक प्रकोप नहुने । मानवीय पक्ष पनि त्यसमा मिश्रित भएर जोखिम बढ्ने र त्यसले क्षति पनि बढाउने भइरहेको स्थिति छ ।

विकास नीतिहरु हामीले बनाउँदा यसले पैदा गरेको अवस्थाको बारेमा गम्भीर बन्नुपर्छ । हाम्रो देश जोखिमयुक्त हो भन्नेकुरा थाहा पाउँदा पाउँदै त्यसलाई ध्यान दिएर विकास नीतिहरु बनाउनु पर्छ । त्यो कमजोरीका कारण क्षति बढाएको छ । नागरिकको कुरा के छ भने राज्यले सुशासनको पक्षमा जस्तो नदी किनारमा केही संरचना बनाइदिएको छ, खानीहरु जथाभावी छ, राज्यको सुशासनको कमी र पहुँचवालाको कारण यो जोखिम थपिएको छ । जनतालाई कम भन्दा कम पीडाको अनुभुति हुने स्थिति बनाउन जरुरी छ । सबै एकतावद्ध भएर यो संकटको सामना गर्नुपर्छ ।’
उहाँले सबै एकतावद्ध भएर संकटको सामना गर्नुपर्नै बताउनु भयो । ध्यानाकर्षण पत्र ग्रहण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिको परिस्थितिमा साझा समस्याका रुपमा साझा समाधान निकाल्नुपर्ने बताउनु भयो । उहाँले उद्धार राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि सबै मिल्नुको विकल्प नरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘प्राकृतिक विपत्तिको परिस्थितिमा हामी सबै मिलेर साझा समस्याका रुपमा लिएर साझा समस्याबाट समाधान गर्नुपर्छ । उद्धार राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि हामी सबै लाग्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्तिलाई एकजुट भएर पन्छाउन सबैलाई आग्रह गर्नुभयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।