चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस कात्तिक ५ गतेदेखि

Wednesday October 9, 2024

पढ्न लाग्ने समय :


चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताका कात्तिक ५  गतेदेखि हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा कात्तिक ५ गतेदेखि १० गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो । कमिटीले बुधवार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको थियो । कार्यक्रममा नेपाली काँग्रेस केन्द्रिय खेलकुद विभागका सदस्य राजीव श्रेष्ठ, नेपाल टेनिस संघकी सचिव मालिका राणा र गणेशमान सिंह स्पोर्ट्स कमिटीका संयोजक सन्जीव श्रेष्ठलगायत उपस्थित थिए । गणेशमान सिंह फाउण्डेसनका सदस्य तथा प्रतियोगिताका संयोजक भास्करमान सिंहले प्रतियोगिता आयोजनमा काम गर्ने टेनिस संघलगायत विभिन्न प्रतिनिधिलाई जिम्मेवारी प्रदान गरिएको थियो । नेपाल टेनिस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता सिनियर महिला र पुरुषमा १२ स्पर्धा तथा जुनियरमा ६ स्पर्धामा प्रतिष्पर्धा हुनेछन् ।

सिनियरतर्फ पुरुष र महिला दुवैको सिंगल्स तथा डबल्स हुनेछन् । महिला र पुरूष सिंगल्स विजेता दुवैले एक लाख, उपविजेता ५० लाख र तेस्रो हुने खेलाडीले २५ हजार रूपैयां तथा दुवैको डबल्समा शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः ५० हजार, २५ हजार र १२ हजार पाँच सय रूपैयाँ प्राप्त गर्नेछ । पुरूष ३५ वर्षमाथि सिंगल्स र डबल्स, पुरूष ४५ वर्षमाथि सिंगल्स र डबल्स, पूरुष ५५ वर्षमाथि  सिंगल्स र डबल्स, पुरुष ६५ वर्षमाथि सिगंल्स र डबल्समा प्रतिष्पर्धा हुनेछन् । ३५ वर्षमाथि सिगंल्समा विजेताले ५० हजार, २५ हजार र १२ हजार ५ सय रूपैयाँ पाउनेछन् । ३५ वर्षमाथि डबल्सको विजेताले ३१ हजार २५०, उपविजेताले १८ हजार ७५० र तेस्रो हुनेले १२ हजार पाँच सय पाउनेछन् । ४५ वर्षमाथि सिंगल्स विजेताले ३७ हजार पाँच सय, उपविजेताले १८ हजार ७ सय ५० र  तेस्रोले ६ हजार २ सय ५० रूपैया तथा यसै विधामा डबल्स विजेताले २५ हजार, १२ हजार पांच सय र तेस्रो हुनेले १२ हजार पाँच सय रूपैयां पुरस्कार पाउनेछन् । त्यस्तै जुनियरतर्फ यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ सिंगल्स र खुला डबल्स विधामा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।


भर्खर

सेती अस्पतालको पार्किङमा राखिएको स्कारपियोमा आगलागी

धनगढी : सेती प्रादेशिक अस्पतालको पार्किङमा राखिएको स्कारपियोमा आगलागी भएको छ । शनिवार साँझ धनगढी

वडासचिव धम्क्याउने खड्का पक्राउ

काठमाडौं : प्रधानमन्त्री कार्यालयबाट हुँ भन्दै दैलेखका एक वडाध्यक्षलाई धाकधम्की दिने प्रकाश खड्का पक्राउ परेका

वैद्यनाथमा भजन–कीर्तनका लागि साङ्गीतिक सामग्री हस्तान्तरण

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले अछामस्थित वैद्यनाथ क्षेत्रमा साप्ताहिक शनिवार सञ्चालन हुँदै