चार जना स्रष्टालाई पारिजात सम्मान

Wednesday March 13, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । पारिजात स्मृति केन्द्रले नेपाली भाषा,साहित्यको श्रीवृद्धिमा क्षेत्रमा योगदान गरेका चार जना श्रष्टालाई सम्मान गर्ने निर्णय गरेको छ ।

साहित्यकार पारिजातको ९१ औँ जन्मजयन्तीको अवसरमा पारिजात बालसाहित्य सम्मानबाट बालसाहित्यकार प्रा. डा. धु्रव घिमिरे, पारिजात कला सम्मानबाट गीतकार उदय श्रेष्ठ, पारिजात सृजन सम्मानबाट शोभा दुलाल र पारिजात सङ्घर्षशील नारी सम्मानबाट निर्मलादेवी साहलाई सम्मान गर्ने निर्णय गरिएको पारिजात स्मृतिकेन्द्रद्वारा आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइएको हो ।

केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठका अनुसार आगामी वैशाख ५ गते पारिजात स्मृति दिवसका अवसरमा ती सम्मान प्रदान गरिने छ ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका