चलचित्र ‘मायावी’ को गीत ‘सितारा जडेको’ सार्वजनिक

Wednesday January 22, 2025

पढ्न लाग्ने समय :


नेपाली चलचित्र ‘मायावी’ को नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक भएको छ । मंगलवार एक कार्यक्रमबीच दाङमा चलचित्रको गीत सार्वजनिक गरिएको हो । दिवाकर भट्टराईको निर्देशन रहेको चलचित्रको गीतको भिडियोमा अभिनेता पल शाह, अभिनेत्री दीपिका प्रसाईं र अभिनेता समिम खान फिचर्ड छन् ।

विवाहको परिवेशमा गीत तयार पारिएको छ । गीतमा विवाहको बिदाईको क्षणलाई देखाइएको छ । यस गीतमा दीक्षित पौडेल र समीरा थपलियाले स्वर दिएका छन्। गीतका शब्द दयाराम पाण्डे र निर्देशक भट्टराईले लेखेका हुन्। संगीत संयोजन शम्भुजित बास्कोटाको हो । भिडिओको कोरियोग्राफर पनि निर्देशक दीवाकर भट्टराई स्वयं हुन् । फिल्ममा पल, दीपिका र समिमसँगै प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, राजाराम पौडेल, रमा प्रसाईं लगायतको अभिनय छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको