चलचित्रका माध्यमबाट बालविवाह रोक्नुपर्छः अध्यक्ष मगर

Monday December 9, 2024

पढ्न लाग्ने समय :


राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले चलचित्रका माध्यमबाट नेपाली समाजमा बालविवाह रोक्नुपर्ने बताउनुभएको छ । सोमवार काठमाडौंमा १२ औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बालविवाह कानूनले प्रतिवन्ध लगाइकेको भएपनि समाजमा अझै भइरहेको बताउनु भयो । बालविवाह रोक्नको लागि सिनेमाबाट जनचेतना अभिवृद्धि गर्नुपर्ने बताउनु भयो । उहाँले सामाजिक परिवेशमा सिनेमाको माध्यमबाट बालविवाह रोक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बालविवाह कानूनले प्रतिवन्ध लगाइसक्यो । कानूनले प्रतिवन्ध लगाइसके पनि समाजमा चलिरहेको छ । कतिपय कुराहरु सामाजिक परम्पराअनुसार पनि हुन्छ । समाजमा रोकिएको छैन तर कानूनले प्रतिवन्ध लगाइसकेको छ । हामीले चलचित्रहरुमार्फत हामीले बालविवाहसम्बन्धी जनचेतना फैल्याउनु पर्छ । सामाजिक परिवेशमा सिनेमाको माध्यमबाट बालविवाह रोक्नुपर्छ ।’

कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले नेपालको प्रत्येक घरमा एउटा चलचित्रको कथावस्तु रहेकाले कथा खोज्न संसार धाउनु नपर्ने उल्लेख गर्नुभयो । उहाँले नेपाली कथालाई अन्तर्राष्ट्रिय बजारसम्म पुयाउनुपर्ने दायित्व चलचित्र विकास बोर्डसामु रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामी नेपाली चलचित्रकर्मीहरु पछिल्लो समयमा चलचित्रको कथा भन्ने स्टाइलहरु फरक फरक तरिकाले आएको छ । नेपालको प्रत्येक घरमा एउटा कथा छ । प्रत्येक टोल र गाउँमा एउटा कथा छ । अब कथा हामीले संसारबाट खोज्नु पर्दैन । तर त्यो कथालाई इन्टरनेशनल प्ल्याटफर्ममा स्वकेसिङ गर्नका लागि टेक्नीकल्ली र नेटवर्कका हिसावमा अघि जानुपर्छ । अबको चलचित्र विकास बोर्डले पनि अन्तर्राष्ट्रिय स्तरमा चलचित्र क्षेत्रको विकास गर्नुपर्छ ।’

अध्यक्ष दाहालले अबको चलचित्र विकास बोर्डले अन्तर्राष्ट्रिय स्तरमा चलचित्र क्षेत्रको विकास गर्नुपर्ने बताउनु भयो ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका