गौरीफन्टामा रुख ढल्दा रिक्सा चालक गम्भीर घाइते

Sunday July 19, 2026

पढ्न लाग्ने समय :


धनगढी : नेपाल-भारत सीमा नाका गौरीफन्टामा रुख ढल्दा नेपाली रिक्सा चालक घाइते भएका छन्।

शनिबार गौरीफन्टास्थित क्यान्टिन नजिकको सुकेको सालको रुख ढल्दा बझाङको बित्थडचिर गाउँपालिका(७ का २२ वर्षीय रोशन भट्ट गम्भीर घाइते भएको प्रहरीले बताएको छ।
दुधवा टाइगर रिजर्भमा पर्ने सीमानाकामा यात्रु लिन अटोरिक्सासहित पुगेका भट्ट रुख ढल्दा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। धनगढी(४ मा डेरा गरी बस्दै आएका भट्टको अहिले मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ।

उनको टाउको, घाँटी र मेरुदण्डमा गम्भीर चोट लागेको र आइसियुमा राखेर उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। चोटका कारण शरीरको तल्लो भाग नचल्ने समस्या देखिएको अस्पतालले जनाएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।