गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्काले चढ्ने स्कर्पियो नै चोरी

Thursday June 4, 2026

पढ्न लाग्ने समय :


काठमाडौं : ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले चढ्ने स्कर्पियो नै चोरी भएको छ ।

मध्यराति ठेचोबाट उक्त स्कर्पियो चोरी भएको पाइएको छ । स्कर्पियो हराएपछि प्रहरीमा उजुरी परेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले स्कर्पियोको खोजी भइरहेको बताए । ‘हामीले विभिन्न प्राविधिक पक्षको विश्लेषण गरेर खोजी गरिरहेका छौं । अहिलेसम्म स्कर्पियो भेटिएको छैन,’ मिश्रले भने ।

सीसीटीभी फुटेजमा एक व्यक्तिले स्कर्पियो लगेको देखिएको प्रहरीले बताएको छ । स्कर्पियोका चालकसँग समेत प्रहरीले सोधपुछ गरेको छ । चालकले भने राति आफू सुतेको अवस्थामा चोरी भएकाले केही थाहा नभएको बताएका छन् ।


भर्खर

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

कञ्चनपुरमा ‘डिएपी’ मल अभाव

महेन्द्रनगर : जिल्लामा धानखेतीका लागि डिएपी मल अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड

धनगढीमा रास्वपाका नेता सिंह कुटिए, एक जना पक्राउ

धनगढी : धनगढीमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता शैलेश सिंहमाथि कुटपिट भएको घटनामा