गरिबी हटाउन कृषि र पशुपालनमा जोड दिन मुख्यमन्त्री अधिकारीको आग्रह

Saturday May 4, 2024

पढ्न लाग्ने समय :


गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले देशको गरिबी हटाउन कृषि र पशुपालनमा जोड दिनुपर्ने बताएका छन्।

पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय पोखराद्वारा आज यहाँ आयोजित तृतीय प्रगति समीक्षा गोष्ठीमा मुख्यमन्त्री अधिकारीले कृषि र पशुपालनलाई अगाडि नबढाउँदासम्म गरिबी हटाउन नसकिने बताए। गण्डकी प्रदेशलाई मासु, माछा, अण्डा, दूधलगायतमा पूर्ण आत्मनिर्भर बनाउँदै निर्यात गर्न सक्ने अवस्थामा लैजाने उनले बताए।

किसान तथा उपभोक्ताको हितका लागि विचौलियाको अन्त्य हुनुपर्ने आवश्यकता औँल्याउँदै मुख्यमन्त्री अधिकारीले यसको समाधानका लागि पशुपालक किसान र उपभोक्ताबीचमा सरकारले पुलको काम गर्न आवश्यक भएको उल्लेख गरे। विचौलियाका कारण किसानलाई लागत खर्च उठाउन मुस्किल हुँदा व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था तथा उपभोक्तालाई चर्को मूल्य तिर्न बाध्य हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनको भनाइ थियो।

स्थानीय तथा प्रदेश सरकारले न्यूनतम समर्थन मूल्य तोकेर मासु खपत गराउने र बजारसम्म पु¥याउने काम गर्नुपर्नेमा मुख्यमन्त्री अधिकारीले जोड दिए। मासु तथा दुग्धजन्य पदार्थ उत्पादन गरेपछि बेच्ने कहाँ भन्ने चिन्तासमेत हुने गरेकाले बजारीकरणसहित बजारको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने उनले बताए। गण्डकी प्रदेशमा दोस्रो पञ्चवर्षीय योजनाको आधारपत्र बन्दै गरेका कारण त्यसलाई थप परिपक्व बनाउनका लागि सुझाव दिन मुख्यमन्त्री अधिकारीले आग्रह गरे।

कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव डा टङ्कप्रसाद प्रसाईं, निर्देशनालयका महानिर्देशक डा प्रेरणा सेढाँइ (भट्टराई), डा बालकुमार श्रेष्ठ, डा सपनालक्ष्मी घिमिरे, भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले प्रगति विवरणसहितका प्रस्तुति राखेकी थिइन्।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।