गत आवमा रु ५५ खर्ब १८ अर्बको तरलता प्रवाह

Friday August 18, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा वित्तीय बजारमा  ५५ खर्बभन्दा बढी तरलता प्रवाह गरेको जनाएको छ ।

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कमा आधारित मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरणानुसार गत आवमा कूल ५५ खर्ब १८ अर्ब १९ करोड तरलता प्रवाह भएको छ । राष्ट्र बैंकका अनुसार गत आवमा रिपोमार्फत चार खर्ब १४ अर्ब ४७ करोड, सोझै खरिदमार्फत रु ८९ अर्ब ७० करोड, स्थायी तरलता सुविधामार्फत २७ खर्ब २७ अर्ब ११ करोड र ओभरनाइट तरलता सुविधामार्फत रु २२ खर्ब ८६ अर्ब ९० करोड गरी कूल ५५ खर्ब १८ अर्ब १९ करोड (कारोबारमा आधारित) तरलता प्रवाह भएको छ ।

अघिल्लो आवको सोही अवधिमा विभिन्न उपकरणमार्फत खुद ९६ खर्ब ४२ अर्ब ४१ करोड तरलता प्रवाह भएको थियो । त्यस्तै बैंकले गत आवमा विभिन्न उपकरणको प्रयोग गरेर एक खर्ब आठ अर्ब २० करोड तरलता प्रशोधन गरेको छ ।

जसमा रिभर्स रिपोमार्फत ८८ अर्ब २० करोड र निक्षेप सङ्कलन बोलकबोलमार्फत रु २० अर्ब गरी कूल रु एक खर्ब आठ अर्ब २० करोड तरलता प्रशोचन गरिएको उल्लेख छ ।

समीक्षा वर्षमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर पाँच अर्ब ४५ करोड खुद खरिद गरी रु सात खर्ब १२ अर्ब ५० करोड तरलता प्रवाह गरेको छ ।

अघिल्लो वर्ष विदेशी विनिमय बजारबाट अमेरिकी डलर दुई अर्ब ९१ करोड खुद खरिद गरी तीन खर्ब ५५ अर्ब ५७ करोड तरलता प्रवाह गरिएको बैंकले जनाएको छ ।

त्यस्तै केन्द्रीय बैंकले समीक्षा वर्षमा अमेरिकी डलर चार अर्ब ५६ करोड बिक्री गरी रु पाँच खर्ब ९६ अर्ब ३७ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरेको छ ।

अघिल्लो वर्ष अमेरिकी डलर चार अर्ब ९२ करोड बिक्री गरी रु पाँच खर्ब ९५ अर्ब २३ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरेको थियो ।


भर्खर

गगन थापालाई मुख्यमन्त्री शाहको प्रश्न : शेरबहादुर देउवालाई टिकटबाट किन वञ्चित गरियो ?

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले ले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद, प्रदेश

सुदूरपश्चिममा सडक सुरक्षा सुधारलाई तीव्रता दिन कार्यशाला

धनगढी : सुदूरपश्चिम प्रदेशमा बढ्दो सडक दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सुधारलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय

सुदूरपश्चिममा काँग्रेस र एमालेको गठबन्धन नटुट्ने

धनगढी : नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तन नहुने बताएको छ। काँग्रेस नेतृत्वको प्रदेश सरकारको