खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

Thursday April 16, 2026

पढ्न लाग्ने समय :


धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका छन्। धनगढी उपमहानगरपालिकाले लामो समयदेखि बन्द अवस्थामा रहेको ‘खुटिया सिँचाइ योजना’ पुनःस्थापनाका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई औपचारिक पत्र पठाएको हो।

नगर कार्यपालिकाको कार्यालयबाट पठाइएको उक्त पत्रमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाका विभिन्न वडाहरू समेटिएको खुटिया सिँचाइ योजना दशकौँदेखि ‘भग्नावशेष’ अवस्थामा रहेको उल्लेख गरिएको छ। हजारौँ बिघा उर्वर जमिन सिँचाइ योग्य हुँदाहुँदै पनि आवश्यक पर्ने पर्याप्त पानीको स्रोत, पक्की नहर तथा संरचना अभावका कारण कृषकहरू समस्यामा परेको र नदीको पानी खेर गइरहेको तथा राज्यको लगानीबाट लाभ लिन नसकिएको उल्लेख गरिएको छ।

पत्रमा उल्लेख भएअनुसार सिँचाइ विभागबाट निर्माण गरिएका संरचनाहरू मध्ये मुख्य ‘हेडवक्र्स’ (ज्भबमधयचपक) नै खुटिया खोलाले पु¥याएको क्षतिका कारण प्रयोगविहीन बनेका छन्। साथै, विगतमा ठूलो लगानीमा निर्माण गरिएका नहर प्रणालीहरू अझै सञ्चालनयोग्य अवस्थामा हुँदाहुँदै पनि उपयोग हुन नसक्दा अतिक्रमणको जोखिम समेत बढेको जनाइएको छ।

भू–जल स्रोतमा आएको कमी, खोलामा पर्याप्त पानी भएर पनि त्यसको सदुपयोग हुन नसक्नु र कृषकहरू सिँचाइ अभावमा परिरहेको अवस्थालाई दृष्टिगत गर्दै उपमहानगरपालिकाले योजना पुनः सञ्चालनको माग गरेको हो।

नगर प्रमुख गोपाल हमालले हस्ताक्षर गरेको पत्रमा ‘खुटिया सिँचाइ योजना’ अन्तर्गतका संरचनाहरूको मर्मत, सम्भार तथा पुनःस्थापनाको काम तत्काल अघि बढाउन आग्रह गरिएको छ।

उपमहानगरपालिकाले योजना पुनर्जीवनबाट कृषि उत्पादन वृद्धि, स्थानीय आर्थिक विकास तथा वातावरणीय सन्तुलनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्दै यस कार्यलाई राष्ट्रिय समृद्धिसँग जोडिएको महत्वपूर्ण पहलका रूपमा अघि बढाउन सरकारसँग अनुरोध गरेको छ।

 


भर्खर

राजनीतिक दलको गतिविधिमा संलग्न भए कर्मचारी अयोग्य ठहरिने

काठमाडौँ : सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त

३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य

काठमाडौँ : सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गर्ने नीति

बाजुरामा खोलाले बगाउँदा बालकको मृत्यु

बाजुरा : बाजुराको हिमाली गाउँपालिकामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । गत आइतबार