खान पुगोस् दिन पुगोस् अभियान नेपालद्वारा दार्चुलाका विद्यार्थीलाई ट्र्याकसुट, झोला र शैक्षिक सामग्री सहयोग

Saturday July 11, 2026

पढ्न लाग्ने समय :


धनगढी : खान पुगोस् दिन पुगोस् अभियान नेपालले दार्चुलामा विद्यार्थीलाई ट्र्याकसुट, झोला तथा विभिन्न शैक्षिक सामग्री सहयोग गरेको छ।

शनिवार आयोजित कार्यक्रममा अभियानमार्फत जिल्लाको शैल्यशिखर नगरपालिका-९, नायलस्थित गलैनाथ वेतालेश्वर आधारभूत विद्यालय अध्ययनरत ६२ विद्यार्थीलाई ट्र्याकसुट, झोला र आवश्यक शैक्षिक सामग्री वितरण गरिएको अभियानका संयोजक घनश्याम भट्टले जानकारी दिए।

अभियानलाई निरन्तरता दिँदै वर्षायामको कठिन समयमा समेत दुर्गम विद्यालयसम्म पुगेर विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउएको उनले बताए।

अभियानमा आर्थिक तथा अन्य सहयोग गर्ने सबै सहयोगदाता, शुभेच्छुक र स्वयंसेवकप्रति आभार व्यक्त गर्दै संयोजक भट्टले आगामी दिनमा पनि दुर्गम क्षेत्रका विपन्न विद्यार्थीलाई लक्षित सहयोग कार्यक्रमलाई निरन्तर अघि बढाइने बताए।

विद्यालयमै पुगेर विद्यार्थीलाई पोसाक सहित शैक्षिक सामाग्री सहयोगप्रति विद्यालयका प्रअ अम्बादत्त बिष्टले आभार व्यक्त गरेका थिए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।