क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

Friday January 17, 2025

पढ्न लाग्ने समय :


दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि नियन्त्रकहरूले डढेलोहरूसँग लड्न जारी राखेका छन् । अमेरिकी राष्ट्रिय मौसम सेवाले लस एन्जलस क्षेत्रमा लागेको भीषण डढेलोले कम्तिमा २५ जनाको मृत्यु भएको बताएको छ । १२ हजार ३ सय भन्दा बढी संरचनाहरू नष्ट गरेको छ । स्थानीय अधिकारीहरूले डढेलोसँग सम्बन्धित कम्तिमा २६ जना अझै पनि बेपत्ता छन् ।

क्यालिफोर्नियाको वन तथा अग्नि सुरक्षा विभाग (क्याल फायर) काअनुसार बुधबार बिहानसम्म दुई प्रमुख जङ्गली आगो, इटन र प्यालिसेड्स क्रमशः ४५ प्रतिशत र १९ प्रतिशत मात्र नियन्त्रणमा आएका थिए । गत हप्ता मंगलवार साँझ लागेको घातक इटन आगलागीले अल्टाडेना र पासाडेना नजिकै १४ हजार ११७ एकड (५७.१ वर्ग किलोमिटर) जमिन जलाएको छ । लस एन्जलस क्षेत्रको सबैभन्दा ठूलो सक्रिय जङ्गली आगो, प्यालिसेड्स आगलागीले एक हप्तामा २३ हजार ७१३ एकड (९५.९६ वर्ग किलोमिटर) जलाइसकेको छ ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि