कोपा अमेरिका खेल्ने १६ देशको टुंगो, को को खेल्दै छन् ?

Tuesday March 26, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । यस बर्ष हुने कोपा अमेरिका खेल्ने १६ देशको टुंगो लागेको छ ।

यस बर्षको कोपा अमेरिकामा १० देश दक्षिण अमेरिकी र र ६ देश उत्तर र सेन्ट्रल अमेरिका तथा क्यारेबियन देशबाट छानिएका छन् ।

जसमा दक्षिण अमेरिकाबाट डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना, बोलिभिया, ब्राजिल, चिली, कोलम्बिया, इक्वेडर, पराग्वे, पेरु, उरुग्वे र भेनेजुएला रहेका छन् । त्यस्तै उत्तर र सेन्ट्रल अमेरिका तथा क्यारेबियन देशबाट जमैका, मेक्सिको, पानामा, अमेरिका, क्यानडा र कोस्टा रिका रहेका छन् ।

अमेरिकामा हुने यस पटकको कोपा अमेरिकाआगामी जुन २० देखि जुलाई १४ सम्म हुने छ । कोपा अमेरिकाको फाइनल खेल फ्लोरिडाको मियामी गार्डेनस्थित हार्ड रक स्टेडियममा हुने छ ।

कोपा अमेरिकाको समुह ए मा अर्जेन्टिना, पेरु, चिली र क्यानडा रहेका छन् भने समुह बि मा मेक्सिको, इक्वेडर, भेनेजुएला र जमैका रहेका छन् ।

त्यसैगरी समुह सी मा अमेरिका, उरुग्वे, पनामा र बोलिभिया रहेका छन् भने समुह डी मा ब्राजिल, कोलम्बिया, पराग्वे र कोस्टा रिका रहेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमाडिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले क्यानडाको सामना गर्ने छ ।


भर्खर

धनगढीका १० सामुदायिक विद्यालयलाई उपमहानगरको सम्मान

धनगढीः धनगढी उपमहानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नजिता हासिल गर्ने सामुदायिक विद्यालयलाई सम्मान

घोडाघोडी मन्दिरमा रेलिङ

धनगढी : जैविक विविधताले महत्त्वपूर्ण तथा प्राकृतिक तथा धार्मिक पर्यटकीय क्षेत्र घोडाघोडी क्षेत्रमा सङ्घ, प्रदेश

सुदूरपश्चिममा बिसुपर्व मनाइँदै

वैशाख : हरेक वैशाख १ गते सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लामा विष मार्ने पर्वका रूपमा ‘बिसु’