कैलाली–५ मा एमालेका २१ वटा सम्पर्क कार्यालय

Wednesday February 4, 2026

पढ्न लाग्ने समय :


धनगढी : नेकपा एमालेले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गतका २१ वटै वडामा सम्पर्क कार्यालय उद्घाटन गरेको छ।

धनगढी उपमहानगरपालिकाका १९ र कैलारी गाउँपालिकाका २ वडामा सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको क्षेत्र नम्बर ५ निर्वाचन परिचालन समिति प्रचार–प्रसार संयोजक विष्णु चन्दले जानकारी दिए। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सबै वडामा सम्पर्क कार्यालय खोल्ने काम सम्पन्न गरिएको उनले बताए। क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार यज्ञराज ढुङ्गानालाई विजयी गराउन पार्टी पङ्क्ति पूर्ण रूपमा निर्वाचन केन्द्रित गतिविधिमा सक्रिय बनेको चन्दको भनाइ छ।

वडा सम्पर्क कार्यालय सञ्चालन कार्यक्रममा क्षेत्र नम्बर ५ का चुनावी कमान्डर नारदमुनी राना, पार्टी केन्द्रीय सदस्य एवं कैलाली संयोजक लिला भण्डारी, प्रदेश सचिव रणबहादुर चन्द लगायतका नेताहरूको सहभागिता रहेको थियो। कैलाली–५ मा पार्टीप्रति जनलहर बढ्दै गएको दाबी गर्दै संयोजक चन्दले यसपटक एमालेको जित सुनिश्चित रहेको बताए । उम्मेदवार यज्ञराज ढुङ्गानाले कैलाली–५ को समग्र विकास, विद्यमान भ्रष्टाचार र बेथितिको अन्त्य तथा रोजगारी समस्याको समाधानलाई प्राथमिकता दिएर आफ्नो उम्मेदवारी अघि बढाइएको बताए।

राजनीति जनसेवाको माध्यम भएको उल्लेख गर्दै ढुङ्गानाले जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले कैलाली–५ मा चुनावी माहोल एमालेको पक्षमा बनेको दाबी गर्दै आफ्नो जित सुनिश्चित हुने विश्वास व्यक्त गरे।

 


भर्खर

बडीमालिकामा भदौ १ गतेदेखि मेला तथा पूजा, ४५ हजार भक्तजन आउने अनुमान

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिरमा यस वर्ष भदौ १ गतेदेखि मेला तथा

देशभर मनसुनी वायुको प्रभाव, आज पनि भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून

प्रतिनिधिसभा बैठक आज, चार विधेयक प्रस्तुत हुने

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत