कैलाली-२ बाट प्रतिनिधिसभा सदस्यमा रास्वपाका केपी खनाल निर्वाचित
पढ्न लाग्ने समय :
कैलाली: कैलाली निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनाल निर्वाचित भएका छन।
२६ वर्षीय खनाल १९ हजार ५७ मत प्राप्त गरी विजयी भएका हुन। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीलाई सात हजार १०८ मतान्तरले पराजित गरे। चौधरीले ११ हजार ९४९ मत प्राप्त गरेका छन।
त्यस्तै, नेकपा (एमाले) का सूर्यबहादुर थापाले सात हजार ८८६ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार विजयबहादुर स्वाँरले सात हजार २१३ मत प्राप्त गरेका छन।
यसअघि कैलालीका अन्य क्षेत्रहरूमा पनि रास्वपाकै उम्मेदवारहरू विजयी भएका छन्। क्षेत्र नं. १ मा कोमल ज्ञवाली, ३ मा जगतप्रसाद जोशी, ४ मा खेमराज कोइराला र ५ मा आनन्दबहादुर चन्द निर्वाचित भएका छन। योसँगै कैलालीका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपाले जित हासिल गरेको छ।