कैलाली-२ एमालेका सूर्यबहादुर थापाको अग्रता
पढ्न लाग्ने समय :
धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सूर्यबहादुर थापाले अग्रता लिएका छन्। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नर बहादुर साउँदलाई पछि पार्दै उनी अगाडि गएका हुन्।
एमालेका उम्मेदवार थापाको नौ सय ३३ मत रहेको छ। नेकपाका उम्मेदवार साउँदको आठ सय पाँच मत रहेको छ। नेपाली काँग्रेसका उम्मेदवार विजय बहादुर स्वाँरले आठ सय आठ सय १० मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार केपी खनालले ७८९ मत प्राप्त गरेका छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा २ लाख ७६ हजार ५६७ मतदाता रहेका छन्। मतगणना जारी रहेको र थप परिणाम क्रमशः सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।