कैलाली–१ मा रास्वपा र काँग्रेसको घट्यो मतान्तर

Friday March 6, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार कोमल ज्ञवाली र नेपाली काँग्रेस उम्मेदवार जनकराज चौधरीको मतान्तर घटेको छ।

११ हजार ७५ मत गणना गर्दा ज्ञवालीको २ हजार सात सय २४ मत रहेको छ। काँग्रेका चौधरीको २ हजार पाँच सय ७५ मत रहेको छ। उनीहरूको बिचमा एक सय ४८ मतान्तर रहेको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ।

स्वतन्त्र उम्मेदवारी दिएका फागुराम थारुको एक हजार पाँच सय ८७ मत रहेको छ। नेकपा एमालेका उम्मेदवार द्वारिका प्रसाद न्यौपानेको नौ सय ४९ मत रहेको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ। नेपाली कम्पुनिष्ट पार्टीका उम्मेदवार रामलाल डगौरा थारूको एक हजार ३५ मत रहेको छ। हालसम्म ८ सय ४५ मत बदर भएका छन्।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख आठ हजार चार सय ९१ मतदाता रहेका छन्।

 


भर्खर

बडीमालिकामा भदौ १ गतेदेखि मेला तथा पूजा, ४५ हजार भक्तजन आउने अनुमान

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिरमा यस वर्ष भदौ १ गतेदेखि मेला तथा

देशभर मनसुनी वायुको प्रभाव, आज पनि भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून

प्रतिनिधिसभा बैठक आज, चार विधेयक प्रस्तुत हुने

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत