कैलालीमा वन्यजन्तुको अंग प्रहरीले लुकाए, अनुसन्धान अधिकृतसहित १३ प्रहरी जिल्ला तानिए

Wednesday March 18, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीमा वन्यजन्तुको अंग र भरुवा बन्दुकसहित दुई जना पक्राउ परेको घटनामा मुद्दा कमजोर बनाएको आरोपमा १३ जना प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ।

प्रदेश प्रहरी कार्यालय धनगढीको निर्देशनमा प्रहरी निरीक्षक दानसिंह भण्डारीसहितका १३ जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली तानिएको हो। उनीहरूमाथि सोधपुछपछि थप कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ।

तत्कालीन समयमा इप्रका मालाखेतीमा कार्यरत धेरैजसो प्रहरी सरुवा भइसकेका छन् तर उनीहरु कार्यरत रहेकै ठाउँबाट जिल्ला हाजिर हुन निर्देशन दिइएको छ।

गत साउन ९ गते गोदावरी नगरपालिका–८ बाट दुई भरुवा बन्दुक, चित्तलको सिङ र खुट्टासहित २३ वर्षीय चन्द्रबहादुर चौधरी र राजकुमार चौधरी पक्राउ परेका थिए। तर मुद्दा चलाउने क्रममा बरामद चित्तलको सिङ र खुट्टा विवरणबाट गायब पारिएको पाइएपछि तत्कालीन अनुसन्धान अधिकृत प्रहरी निरीक्षक भण्डारीसहितका प्रहरीमाथि छानबिन सुरु गरिएको थियो।

छानबिनका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवको नेतृत्वमा समिति गठन गरेको थियो। समितिले प्रतिवेदनमा वन्यजन्तुको अंग लुकाउन भूमिका खेलेको निष्कर्ष निकाल्दै नियमावलीअनुसार कारबाही सिफारिस गरेको थियो।

तर, प्रतिवेदन बुझाएको तीन महिना बितिसक्दा पनि कारबाही कार्यान्वयनमा ढिलाइ भएको देखिएको छ। तर प्रहरीले भने प्रतिनिधि सभाको निर्वाचनका कारण ढिलाइ भएको बताउदै आएको छ ।

 


भर्खर

धनगढीका १० सामुदायिक विद्यालयलाई उपमहानगरको सम्मान

धनगढीः धनगढी उपमहानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नजिता हासिल गर्ने सामुदायिक विद्यालयलाई सम्मान

घोडाघोडी मन्दिरमा रेलिङ

धनगढी : जैविक विविधताले महत्त्वपूर्ण तथा प्राकृतिक तथा धार्मिक पर्यटकीय क्षेत्र घोडाघोडी क्षेत्रमा सङ्घ, प्रदेश

सुदूरपश्चिममा बिसुपर्व मनाइँदै

वैशाख : हरेक वैशाख १ गते सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लामा विष मार्ने पर्वका रूपमा ‘बिसु’