कैलालीमा बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

Tuesday July 14, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको अत्तरियामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बैतडीका एक युवक पक्राउ परेका छन ।
पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका–१ निवासी २० वर्षीय राजेश धामी रहेका छन्। प्रहरीले उनलाई सोमबार दिउँसो धनगढी उपमहानगरपालिका–८ स्थित क्याम्पस चोकबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार धामीले असार २४ गते ती बालिकालाई घरबाट अत्तरिया बोलाई होटलमा राखेर जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।