कैलालीमा ट्राफिक स्टिकर अभियान सुरु

Saturday July 18, 2026

पढ्न लाग्ने समय :


धनगढीः कैलालीको अत्तरिया चौराहाबाट पेट्रोल तथा विद्युतीय अटोमा सिरियल नम्बरयुक्त ट्राफिक स्टिकर जडान अभियान सुरु गरिएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० नवराज कार्कीको उपस्थितिमा अभियान सुरू गरिएको हो।

अभियानअन्तर्गत पहिलो चरणमा ६० वटा अटोमा सिरियल नम्बरयुक्त ट्राफिक स्टिकर जडान गरिएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार स्टिकर जडानको मुख्य उद्देश्य चालक अनुमतिपत्र ९लाइसेन्स० तथा सवारीका आवश्यक कागजात पूरा गरेका अटोको सहज पहिचान गर्नु हो।

स्टिकरमा रहेको सिरियल नम्बरका आधारमा ट्राफिक प्रहरीले अनुगमन तथा चेकजाँचलाई थप प्रभावकारी बनाउन सक्ने विश्वास गरिएको छ। यसबाट ट्राफिक व्यवस्थापनमा सुधार हुनुका साथै अटो चालकलाई पनि सहजता हुने अपेक्षा गरिएको छ।

कार्यालयले आगामी दिनमा आवश्यक मापदण्ड पूरा गरेका सबै अटोमा क्रमशः सिरियल नम्बरयुक्त ट्राफिक स्टिकर जडान गर्ने योजना रहेको जनाएको छ। अभियानमा अटो चालक तथा व्यवसायीहरूको सकारात्मक सहयोग प्राप्त भएको पनि कार्यालयको भनाइ छ।

यसैबीच, हालसम्म चालक अनुमतिपत्र नलिएका अटो चालकलाई निश्चित समयसीमा दिई लाइसेन्स बनाउन आग्रह गरिने र तोकिएको अवधिभित्र पनि लाइसेन्स नबनाए मुख्य सडकमा अटो सञ्चालन गर्न नदिने तयारी रहेको प्रहरी उपरीक्षक कार्कीले बताए।

उनका अनुसार अभियानको प्रमुख उद्देश्य सडक सुरक्षालाई थप मजबुत बनाउनु, ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनु तथा कानुनी प्रक्रिया पूरा गरेका सवारीसाधनको व्यवस्थित पहिचान सुनिश्चित गर्नु हो।

यो अभियानअन्तर्गत सुदूरपश्चिममा सञ्चालित सम्पूर्ण तीन पाङ्ग्रे अटोमा स्टिकर जडान गरिने छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।