कैलालीमा ट्रकले गोरुगाडालाई ठक्कर दियो, श्रीमान–श्रीमतीको मृत्यु

Thursday March 19, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीमा ट्रकले गोरुगाडालाई ठक्कर दिएको छ। गोरुगाडामा सवार श्रीमान–श्रीमतीको मृत्यु भएको छ।

जिल्लाको कैलारी गाउँपालिका–५ बजैपुरमा बुधवार राति ना ६ ख ७७८ नम्बरको ट्रकले गोरुगाडालाई ठक्कर दिँदा गोरुगाडामा सवार स्थानीय ६० वर्षीय कलसु चौधरी र उनकी ७० वर्षीया श्रीमती सेतानु चौधरी गम्भीर घाइते भएका थिए।

दुर्घटनापछि घाइते दुवै जनालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो। अस्पतालमा चिकित्सकले सेतानु चौधरीलाई जाँच गर्दा मृत घोषणा गरेका थिए भने कलसु चौधरीको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गोरुगाडामा बाँधिएका गोरुमध्ये एकको घटनास्थलमै मृत्यु भएको छ भने अर्को गोरु घाइते भएको छ।

ट्रक र चालक धनगढी उपमहानगरपालिका–३ बोराडाँडी बस्ने ३३ वर्षीय रुबिन थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


भर्खर

गगन थापालाई मुख्यमन्त्री शाहको प्रश्न : शेरबहादुर देउवालाई टिकटबाट किन वञ्चित गरियो ?

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले ले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद, प्रदेश

सुदूरपश्चिममा सडक सुरक्षा सुधारलाई तीव्रता दिन कार्यशाला

धनगढी : सुदूरपश्चिम प्रदेशमा बढ्दो सडक दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सुधारलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय

सुदूरपश्चिममा काँग्रेस र एमालेको गठबन्धन नटुट्ने

धनगढी : नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तन नहुने बताएको छ। काँग्रेस नेतृत्वको प्रदेश सरकारको