कैलालीमा एकै दिन सात जना पक्राउ

Wednesday February 18, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीमा एकै दिन सात जना फक्राउ परेका छन्। नेपाल प्रहरीले उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो।

धनगढी उपमहानगरपालिका–१३ का २७ वर्षीय बलबहादुर चौधरी एक सय ७० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका छन्। प्रहरी चौकी, कैलाली गाउँको टोलीले उनलाई पक्राउ गरेको हो।

कैलालीको गोदावरी नगरपालिका–३ बाट अनुज रावतसहितका २ जना सात सय ५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्। उनीहरूको साथबाट जिल्ला प्रहरी कार्यालय, कैलालीको टोलीले एक थान तराजुसमेत बरामद गरेको छ। यस्तै, धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोकबाट तीन ग्राम नौ सय ९० मिलिग्राम लागुऔषधसहित कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बाफाँटाका २७ वर्षीय सुनील चौधरी पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय, धनगढीको टोलीले उनलाई मङ्गलवार पक्राउ गरेको हो।

जिल्लाको बर्दगोरिया गाउँपालिका–२ बौनिया गाउँबाट एक ग्राम २ सय ७० मिलिग्राम लागुऔषधसहित २७ वर्षीय सुनिलकुमार चौधरीसहितका २ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय, सडकपुरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

यस्तै, धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट २ सय ७० मिलिग्राम लागुऔषधसहित गोदावरी नगरपालिका–२ का २४ वर्षाीय विनोद ओड पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कैलालीको टोलीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो।

 


भर्खर

राजनीतिक दलको गतिविधिमा संलग्न भए कर्मचारी अयोग्य ठहरिने

काठमाडौँ : सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त

३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य

काठमाडौँ : सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गर्ने नीति

बाजुरामा खोलाले बगाउँदा बालकको मृत्यु

बाजुरा : बाजुराको हिमाली गाउँपालिकामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । गत आइतबार