कैलालीको हाटखोली आन्तरिक पर्यटकको रोजाइमा

Monday June 22, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको गोदावरी नगरपालिका–४ स्थित चुरेभाँवर क्षेत्रमा रहेको हाटखोली आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।

प्रदेशको अस्थायी राजधानी धनगढीबाट २० किलोमिटरको दुरीमा रहेको हाटखोली तराईवासीको रोजाइमा परेको हो ।

उखरमाउलो गर्मीबाट छुटकारा पाउनका लागि धनगढीसहित कञ्चनपुर, कैलालीका स्थानीय हाटखोली पुग्ने गरेका छन् । हाटखोली पुगेर उनीहरू मूलको चिसो पानी र खोलामा डुबुल्की लगाउँदै आनन्द लिने र वनभोजमा रमाउने गरेका छन् ।

धनगढीका रतनबहादुर खातीले पहिलो पटक हाटखोली आएर आनन्द लिएको बताए । उनले भने, “गर्मी छल्न हाटखोलीमा नुहाउँदा साँच्चै आनन्द मिल्ने रहेछ ।”
पहाडको दृश्य र जैविक विविधताको सुन्दरताले भरिपूर्ण हाटखोलीमा आन्तरिक पर्यटकको भिडभाड बढ्न थालेपछि होटेल व्यवसाय पनि फस्टाउन थालेको छ । अरू दिनको तुलनामा बिदाको दिनमा धेरै भिडभाड रहने गरेको चुरेभाँवरकी भावना गुरुङले बताए । उनले भने, “बिदाको दिन यहाँ धेरै भिडभाड हुन्छ । व्यापार व्यवसाय पनि राम्रै चल्छ ।” यहाँको गोदावरी नगरपालिका–४ र चुरे गाउँपालिका–४ जोड्ने झोलुङ्गे पुल पनि पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।
पर्यटकको जमघट बढेसँगै हाटखोलीमा रहेको खोलादेखि पानीको मुहान क्षेत्रमा प्रदूषण बढ्न थालेको छ । फोहोर व्यवस्थापनको उचित प्रबन्ध नहुँदा यस क्षेत्रमा वनभोज खान गएकाले जथाभाबी फोहोर फ्याँकेर हिँड्ने गरेका छन् । खोलासमेत सिसाका टुक्राले जोखिमपूर्ण बन्दै गएको छ । धनगढीका मसराम चौधरी हाटखोलीमा रमाउन पुगेकाले जथाभाबी फोहोर गरेर हिँड्दा यहाँको जैविक विविधतामा समेत असर पुगिरहेको बताउछन ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।