कैलालीको सीमा क्षेत्रमा बेहोस बनाएर लुटपाट

Monday April 27, 2026

पढ्न लाग्ने समय :


धनगढी  कैलालीको सीमा क्षेत्रमा बेहोस बनाएर लुटपाट गरिएको छ। भारतबाट घर फर्किरहेका दैलेखका तीन जना कैलालीको सीमा क्षेत्रमा लुटिएका हुन्।
सीमावर्ती क्षेत्रमा नशालु पदार्थ खुवाएर लुटिएको घटना सार्वजनिक भएको हो। भारतको बरेलीबाट फर्किरहेका दैलेखको भैरवी गाउँपालिका–२ का ३१ वर्षीय रामसिंह थापा, उनकी श्रीमती ३१ वर्षीया रेश्मा विष्ट र ६ वर्षीय छोरा प्रवेश थापा लुटपाटमा परेका हुन्।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डागी का अनुसार उनीहरूसँगै यात्रा गरिरहेका तीन जना नेपालीले चिसो पेय पदार्थमा नशालु पदार्थ मिसाएर बेहोस बनाएका थिए। त्यसपछि उनीहरूबाट करिब ४० हजार भारतीय रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरेलीबाट टीकापुर हुँदै घर फर्किने क्रममा तिकुनिया नजिकै जंगल क्षेत्रमा विश्राम गर्ने बहानामा उनीहरूलाई पेय पदार्थ खुवाइएको थियो। सोही क्रममा नशालु पदार्थ सेवन गराएपछि लुटपाट गरिएको हो।
बेहोस अवस्थामा रहेको जानकारी प्राप्त भएपछि भारतीय प्रहरीसँग समन्वय गरी उनीहरूको उद्धार गरिएको र उपचारका लागि टीकापुर ल्याइएको डीएसपी डागीले जानकारी दिए। हाल तीनै जनाको टीकापुरमा उपचार भइरहेको छ भने स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
लुटपाटमा संलग्न व्यक्तिहरूको पहिचान खुल्न नसकेको र उनीहरू भारततर्फ फरार भएको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।