कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

Friday April 3, 2026

पढ्न लाग्ने समय :


धनगढीः कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

जिल्लाको टीकापुर नगरपालिका–१ वनकार्यालय स्थित डुडेझारी सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१–००९ प ६७७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३५ वर्षीय रमेश शाहीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई टीकापुर अस्पताल टीकापुर लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।