कैलालीको चुरे गाउँपालिका पुर्णखोप पालिका सुनिश्चित तथा दिगोपना घौषणा

Monday June 8, 2026

पढ्न लाग्ने समय :

कैलालीः जिल्लाको चुरे गाउँपालिकाले पुर्णखोप पालिका सुनिश्चित तथा दिगोपना घौषणा गरेको छ।

आर्थिक वर्ष २०८२/०८३ का लागि चुरे गाँउपालिकाको नियमित कार्यक्रम बमोजिम ५९ महिना सम्मका सम्पुर्ण १४५२ जना बालबालिकाहरुको पुर्णखोप घरधुरी सर्वेक्षण गरिएको पालिकाले जानकारी दिएको छ।
कुल १ हजार ४५२ जना मध्ये १५ महिना मुनिका ३८८ जनाले नियमित खोप प्राप्त गरिरहेको र १६ देखि ५९ महिना उमेर सम्मका जम्मा १०६४ जना बालबालिकाले १५ महिना भित्र पाउनुपर्ने सम्पुर्ण खोपहरु प्राप्त गरेको पालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक बिक्रम बहादुर बोहराले जानकारी दिए।
पूर्ण खोप सुनिश्चितता निर्देशिका बमोजिम आवश्यक सबै मापदण्ड तथा प्रक्रिया पूरा गरी चुरे गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा पूर्ण खोप सुनिश्चितताको अवस्था हासिल गरेको हो। गाउँपालिकाभित्र रहेका सबै वडाहरूमा नियमित खोप सेवा सुदृढ गर्दै लक्षित उमेर समूहका बालबालिकालाई खोपको पहुँचमा ल्याउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा सरोकारवाला निकायहरूको सक्रिय भूमिका रहेको थियो।

जिल्ला पूर्ण खोप समन्वय समिति, कैलालीद्वारा प्रदान गरिएको उक्त प्रमाणपत्रले गाउँपालिकाले १६ देखि २३ महिनासम्मका बालबालिकाहरूलाई राष्ट्रिय खोप तालिकाअनुसार आवश्यक सबै खोप दिलाई पूर्ण खोप प्राप्त गरेको सुनिश्चित गरेको प्रमाणित गरेको हो।

गाउँपालिकाले यो उपलब्धिलाई बालबालिकाको स्वास्थ्य सुरक्षातर्फको महत्वपूर्ण सफलता भएको उल्लेख गर्दै आगामी दिनमा पनि नियमित खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। साथै, कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ समुदायस्तरमा सचेतना, निगरानी तथा अनुगमनका गतिविधिहरूलाई निरन्तरता दिइने जनाइएको छ।

भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।