कैलालीको गोदावरी धाममा माघे संक्रान्ति स्नान गरियो

Thursday January 15, 2026

पढ्न लाग्ने समय :


धनगढी : आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति मनाइँदै छ।

आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ।

माघे संक्रान्तिको अवसरमा आज गोदावरी धाममा स्नान गर्नेको बिहानैदेखि घुइँचो लागेको थियो। माघे संक्रान्तिका अवसरमा गोदावरी धाममा स्नान गर्ने भक्तजनको घुइँचो लाग्ने गर्दछ। जसका लागि गोदावरी धाममा स्नान कुण्ड निर्माण गरिएको छ भने वरपर सजाउने काम पनि गरिएको छ।

गोदावरीको प्राचीन शिव मन्दिरका महन्त तुल्छि गिरीले परम्परा देखि चल्दै आएको माघे संक्रान्ति मेला यस पर्व पनि सञ्चालन भइरहेको बताए। उनले माघे संक्रान्तिका अवसरमा गङ्गा आरती, कृतन भजन, झाकी लगायतका क्रियाकलाप हुने बताए।

उनले माघे संक्रान्तिका अवसरमा स्नान गर्नेहरूको सहजताका लागि गोदावरी नगरपालिकाको डोजरले स्नान कुण्ड निर्माण गरेको बताए। उनले मेलाका लागि गोदावरी धाममा सरसफाइ गरेर झकिझकाउ बनाइएको बताए।

गोदावरीमा विगत १० वर्षदेखि गोदावरी धाम विकास समितिले पनि मकर मेला आयोजना गर्दै आएको छ। २०७२ सालमा महाकुम्भ मेला आयोजना गरेको समितिले ६ वर्षमा अर्ध कुम्भ मेला र प्रत्येक वर्ष बाह्र राशि दर्शन मकर मेला आयोजना गर्दै आएको छ। यस वर्षको बाह्र राशि दर्शन मकर मेलाको पनि बुधवार (पुस ३० गते) सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले उद्घाटन गरेका थिए।

 


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका