कैलालीको गोदावरी आर्यघाटमा सरसफाइ

Friday April 17, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको गोदावरी आर्यघाटमा सरसफाइ गरिएको छ। युवाको नेतृत्व विकास र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले अत्तरिया जेसिजको आयोजनामा गोदावरी आर्यघाटमा सरसफाइ गरिएको हो।

वातावरण संरक्षण र स्वच्छता प्रवर्धनसँगै युवामा नेतृत्व विकास तथा व्यक्तित्व निखार्ने उद्देश्यले आर्यघाट क्षेत्रमा सरसफाइ गरिएको बताइएको छ। सरसफाइमा अत्तरिया जेसिजका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो । सरसफाइ अभियानमार्फत आर्यघाट क्षेत्रको फोहोर व्यवस्थापन गरी “स्वच्छ वातावरण, स्वस्थ जीवन” भन्ने सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ ।

अत्तरिया जेसिजका स्वास्थ्य संयोजक जेसी ज्ञानेन्द्र खड्काले जेसिजले युवालाई नेतृत्व क्षमता अभिवृद्धि, व्यक्तित्व विकास र सामाजिक उत्तरदायित्वप्रति सचेत बनाउने महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । उनका अनुसार “जेसिज युवाहरूलाई केवल कार्यक्रममै सीमित नराखी समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणा दिने सशक्त माध्यम हो। यस्ता गतिविधिहरूले युवालाई जिम्मेवार, सक्षम र समाजप्रति उत्तरदायी बनाउँछ।”

उनले आगामी दिनहरूमा पनि वातावरण संरक्षण, स्वास्थ्य सचेतना तथा सामाजिक रूपान्तरणका कार्यक्रमहरूलाई निरन्तरता दिइने जानकारी दिए । अत्तरिया जेसिजले पछिल्लो समय समाजमा सकारात्मक प्रभाव पार्ने विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ, जसले युवामा जागरण ल्याउनुका साथै समुदायमा सकारात्मक ऊर्जा प्रवाह गर्न टेवा पु¥याउँदै आएको छ।

 


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका