कैलालीको गोदावरीका नगर प्रमुख भट्टले चलाएको सरकारी गाडी दुर्घटना

Sunday May 10, 2026

पढ्न लाग्ने समय :


धनगढी ः कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले चलाएको सरकारी गाडी दुर्घटना भएको छ ।

धनगढी–अत्तरिया ६ लेन सडकखण्डस्थित धनगढी उपमहानगरपालिकाको गेटामा उनले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ झ ६०१ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडी दुर्घटनामा परेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक रेशम आचार्यले दुर्घटनामा गाडीमा क्षति पुगेपनि मानवीय क्षति भने नभएको बताए । उनकाअनुसार गाडीलाई प्रहरी चौकी कैलाली गाउँमा राखिएको छ ।

अन्य कुनै क्षति नभएका कारण भट्ट तत्काल आफन्तसँग घर भएकाले मापसे परीक्षण गर्न नसकिएको प्रहरीले जनाएको छ । अहिले त्यसबारे थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक आचार्यले बताए । भट्टले गाडी बुझ्न बिहानै प्रहरी चौकीमा चालक अनिल शाहलाई पठाएका थिए ।

तर, अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले तत्काल गाडी नदिइएको जनाएको छ ।

 


भर्खर

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

कञ्चनपुरमा ‘डिएपी’ मल अभाव

महेन्द्रनगर : जिल्लामा धानखेतीका लागि डिएपी मल अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड

धनगढीमा रास्वपाका नेता सिंह कुटिए, एक जना पक्राउ

धनगढी : धनगढीमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता शैलेश सिंहमाथि कुटपिट भएको घटनामा