कैलालीको अत्तरिया बसपार्कमा कुकुर प्रयोग गरेर सवारी चेकजाँच

Monday February 2, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको अत्तरिया बसपार्कमा तालिमप्राप्त कुकुर प्रयोग गरेर सवारी साधन चेकजाँच गरिएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयसँगको सहकार्यमा अत्तरिया बसपार्कमा तालिमप्राप्त कुकुर प्रयोग गरी सधारीसाधनहरुमा चेकजाँच गरेको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रणबहादुर चन्दले प्रदेश प्रहरी कार्यालय धनगढीको केनाइन शाखाबाट तालिम प्राप्त कुकुर मगाएर लामो तथा छोटो दूरीमा चल्ने बसहरूमा चेकजाँच गरिएको बताए। उनले फागुन २१ गते हुन लागेको चुनाव लक्षित गरेर विशेष चेकजाँच गरिएको बताए। विस्फोटक पदार्थ, हातहतियार तथा लागू औषध ओसारपसार रोक्ने उद्देश्यले चेकजाँच गरिएको उनले बताए।

अत्तरिया बसपार्क हुँदै आवतजावत गर्ने सवारी साधनलाई लक्षित गरी यो अभियान हप्तामा कम्तीमा एक दिन, जुनसुकै समयमा पनि निरन्तर सञ्चालन गरिने बताइएको छ। सोमवार एक दर्जनभन्दा बढी सवारी साधन चेकजाँच गरिएको भए पनि कुनै पनि विस्फोटक पदार्थ वा लागूऔषधजन्य सामग्री फेला नपरेको डिएसपी चन्दले जानकारी दिए। चुनाव नजिकिँदै जाँदा सुरक्षा सतर्कता अझ प्रभावकारी बनाइने प्रहरीको भनाइ छ।

 


भर्खर

नेपाल–भारत संयुक्त सुरक्षा बैठक, सीमामा कडाइ

धनगढीः नेपाल–भारत संयुक्त सुरक्षा बैठक बसेको छ। गौरीफन्टा लगायतका सीमा क्षेत्रमा कडाइएका लागि बैठकको आयोजना

डडेल्धुरामा सवारीचालक अनुमति सेवा बन्द

डडेलधुरा : करिब तीन वर्षअघिदेखि डडेलधुरामा सुरु भएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स सेवा) बन्द भएको छ

कञ्चनपुरमा करणीको अभियोगमा एक जना पक्राउ

कञ्चनपुरः जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरका एक जना पक्राउ परेका छन्। ५० वर्षीया महिलालाई जबरजस्ती