कैलालीका पाँच वटै निर्वाचन क्षेत्रका लागि मतगणना स्थल तोकिए

Tuesday March 3, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीका पाँच वटै निर्वाचन क्षेत्रका लागि मतगणना स्थल तोकिएको छ।
कैलालीको निर्वाचन क्षेत्र नम्बर १ का लागि टीकापुर सिटि हलमा मतगणना हुने छ। निर्वाचन क्षेत्र नम्बर २ को मतगणना मोतिपुरस्थित राष्ट्रिय माविमा हुने छ। क्षेत्र नम्बर २ को मतगणना लम्की चुहा नगरपालिका वडा नम्बर २ स्थित राष्ट्रिय माविमा हुने निर्वाचन अधिकृत इन्द्रकुमार श्रेष्ठले बताए।

त्यस्तै, निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना घोडाघाडी बहुमुखी क्याम्पसमा हुने छ, भने निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय भवन तोकिएको छ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको तालिम केन्द्र भवनमा हुने छ। कैलालीमा पाँच लाख ५१ हजार ५२ मतदाता रहेका छन्।


भर्खर

गगन थापालाई मुख्यमन्त्री शाहको प्रश्न : शेरबहादुर देउवालाई टिकटबाट किन वञ्चित गरियो ?

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले ले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद, प्रदेश

सुदूरपश्चिममा सडक सुरक्षा सुधारलाई तीव्रता दिन कार्यशाला

धनगढी : सुदूरपश्चिम प्रदेशमा बढ्दो सडक दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सुधारलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय

सुदूरपश्चिममा काँग्रेस र एमालेको गठबन्धन नटुट्ने

धनगढी : नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तन नहुने बताएको छ। काँग्रेस नेतृत्वको प्रदेश सरकारको