कैलालीका नदीमा डल्फिनको चहलपहल

Monday July 13, 2026

पढ्न लाग्ने समय :


घोडाघोडी: नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ।

कर्णालीका सहायक नदीअन्तर्गत टीकापुर र भजनी नगरपालिका क्षेत्रका विभिन्न नदीमा डल्फिन देखिन थालेका हुन्।

संरक्षणकर्मी भोजराज ढुङ्गानाले नदीमा जलस्तर बढेसँगै बच्चा हुर्काउन आउने डल्फिन देखिन थालेका हुन्। “यस वर्ष पहिलो पटक असार १६ गते एउटा बच्चासहित तीन वटा डल्फिन देखिएका थिए। वर्षा ढिलो भएकाले अघिल्ला वर्षको तुलनामा ढिला गरी डल्फिन आएको हो”, उनले भने।

काँढा नदीमा पानीको सतह न्यून रहेकाले डल्फिन देखिएका थिएनन्। टीकापुर–७ र भजनी नगरपालिका–८ को मोहना र पथरैया नदीको दोभानमा डल्फिन नियमित देखिन थालेका छन्।
कर्णालीका सहायक नदी मोहना, पथरैया, काँडा र कान्द्रालगायत क्षेत्रमा हरेक वर्ष मनसुनका बेला डल्फिन देखिने गर्छन्। नेपाल र भारतका विभिन्न नदी प्रणालीमा बसोबास गर्ने डल्फिन मनसुन अवधिभर कर्णालीका सहायक नदीमा बस्ने र करिब तीन महिनापछि पुनः कर्णाली नदीतर्फ फर्कने गरेको संरक्षणकर्मी ढुङ्गानाले जानकारी दिंए।
डल्फिनका मुख्य आहारा माछा, घोँगी तथा लेउ हो।यहाँ पाइने प्लाटानिस्टा ग्याङ्गेटिका प्रजातिको डल्फिन नेपालसँगै भारत, पाकिस्तान र बङ्गलादेशमा मात्र पाइने दुर्लभ जलचर हो।

संरक्षणका लागि विश्व वन्यजन्तु कोष ९डब्लुडब्लुएफ०, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी०, तराई भू परिधि कार्यक्रम, विश्व संरक्षण सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, डिभिजन वन कार्यालय पहलमानपुर, टीकापुर र भजनी नगरपालिका तथा जानकी गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

कर्णाली नदीमा पहिलोपटक विसं २०५४ मा डल्फिन अभिलेख गरिएको थियो। स्थानीय भोजराज श्रेष्ठ ९गुलेली बाजे० ले पहिलो पटक डल्फिन देखेपछि यसको प्रचारप्रसार र संरक्षण अभियान सुरु गरेका थिए।

मनसुनका बेला डल्फिन अवलोकन गर्न भारत, चीन, थाइल्यान्ड, जापान, अमेरिकालगायतका मुलुकबाट पर्यटक आउने गरेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले डल्फिनलाई संरक्षित वन्यजन्तुको सूचीमा समावेश गरेको छ।

रासस


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।