कैलालीका इँटा व्यवसायीहरूको वर्षाका कारण सात करोडको क्षति

Sunday March 22, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीका इँटा व्यवसायीहरूको वर्षाका कारण झन्डै सात करोडको क्षति भएको छ। वर्षाले काँचो इँटामा ठुलो नोक्सान गरेपछि कैलालीका इँटा व्यवसायी चिन्तित भएका छन्।

इँटाले मूल्य नपाइरहेको अवस्थामा बेमौसमी वर्षाले झन क्षति बेहोर्नु परेको भन्दै उनीहरू चिन्तित भएका हुन। प्री–मनसुन अवधिमा शुक्रवार भएको वर्षाले काँचो इँटा पूर्ण रूपमा नष्ट भइ इँटा उद्योगमा ठुलो क्षति भएको छ।

जिल्लाभरी करिब सात करोड रुपियाँ बराबरको क्षति भएको सेती महाकाली इँटा उद्योग व्यवसायी संघ कैलालीले जानकारी दिएको छ। प्रत्येक इँटा उद्योगमा पाँच लाखदेखि सात लाखसम्म काँचो इँटा नष्ट भएको संघका अध्यक्ष विनोदकुमार साहले बताए। उनका अनुसार जिल्लाभरी ५२ वटा इँटा उद्योग रहेका छन्।

अध्यक्ष साहले हरेक उद्योगमा १२ लाखदेखि १३ लाख रुपियाँसम्मको क्षति भएको उल्लेख गरे। ‘भट्टीमा हाल्न नपाएका सबै काँचो इँटा नोक्सान भएपछि हामी व्यवसायीले ठुलो नोक्सान बेहोरेका छौं’ उनले भने,‘माटो त काम लाग्न सक्छ । तर, मजदुरमा लागेको खर्च नोक्सान भयो।’

इँटा बनाउन प्रति इँटा तीन रुपियाँ मजदुर खर्च लाग्ने गरेको जनाइएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।