केन्द्रिय समिति बैठकमा माओवादी नेताहरुको प्रश्तावः नेता, कार्यकर्ता श्रम र उत्पादनमा जोडिनुपर्छ

Monday January 6, 2025

पढ्न लाग्ने समय :


प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का नेताहरुले पार्टीका नेता, कार्यकर्ताहरु श्रम र उत्पादनमा जोडिनुपर्ने प्रश्ताव गरेका छन् । सोमवारको केन्द्रिय समितिको बैठकमा केन्द्रिय सदस्यहरुले अध्यक्षसहित सबै नेता, कार्यकर्ताहरु श्रम र उत्पादनमा जोडिनुपर्ने प्रश्ताव राखेका हुन् । पार्टी अध्यक्ष पनि महिनामा कम्तिमा तीन पटक श्रम र उत्पादनमा जोडिनुपर्ने प्रश्ताव राखिएको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनु भयो । उहाँले दण्डहिनताको अन्त्य गर्नुपर्ने, काँठ अभियान चलाउनुपर्ने र विभाग प्रभावकारी बनाउने, सडक र सदनलाई जोड्ने नीतिअनुसार प्रभावकारी बनाउनेबारेमा नेताहरुले आवाज उठाएको बताउनु भयो । पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रश्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन वैज्ञानिक, वस्तुवादी, यथार्थपरक रहेको नेताहरुले बताएको पनि जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘आज अध्यक्षको प्रतिवेदनमाथि ८० जना कमरेडहरुले बोल्नुभयो । सबैको के छ भने स्पष्ट विचार, स्पष्ट राजनीतिक दृष्टिकोणसहित अघि बढ्नुपर्छ भन्ने छ । अध्यक्षसहित सबै नेता, कार्यकर्ताहरु श्रम र उत्पादनमा जोडिनुपर्छ । कम्तिमा पनि महिनामा तीन पल्ट अध्यक्ष पनि जोडिनुपर्छ । दण्डहिनताको अन्त्य गरिनुपर्छ भन्नेछ । काँठ अभियान, विभाग प्रभावकारी बनाउने, सडक र सदनलाई जोड्ने नीतिअनुसार प्रभावकारी बनाउनुपर्छ । संसद छिटो भन्दा छिटो बोलानका लागि दबाब श्रृष्टि गर्नुपर्छ । महाधिवेशन गर्ने कुरामा सबैको सहमति छ । अभियानमा गएर मात्रै महाधिवेशनको कार्यतलिका तोक्नुपर्ने भन्ने अधिकांशको भनाइ छ । प्रतिवेदन वैज्ञानिक, वस्तुवादी, यथार्थपरक छ भन्नेकुरा उठाउनुभएको छ । पहिचानबारे सशक्त कुरा उठेको छ । स्वायत्तताबारे पनि सशक्त कुरा उठेको छ ।’
बैठकमा नेताहरुले स्थानीय तहलाई अधिकार दिनुपर्ने कुरामा आवाज उठाउन जोड दिएको बताउनु भयो ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि